समाज
Sept. 29, 2024, 10:47 a.m.
135
बाँके – सहिद बैजनाथ थारुको सम्झनामा बैजनाथ गाउँपालिका कार्यालय रामपुर ५, बाँकेतर्फ जाने मुख्य मार्ग गडरही १ न. चोकमा मुलगेटको शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रम गाउँपालिकाका प्रमुख, जनप्रतिनिधिहरू, स्थानीय नेताहरू तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।
मुलगेट निर्माणले सहिद बैजनाथ थारुको योगदान र बलिदानको स्मरण गर्दै गाउँपालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने विश्वास गरिएको छ। सहिद बैजनाथ थारुको सम्मानमा स्थापित यो मुलगेट स्थानीयको पहिचान र गौरवको प्रतीक बन्ने अपेक्षा गरिएको छ।