राजनीति
Sept. 29, 2024, 10:36 a.m.
79
काठमाडौं, खुमलटार – भैसेपाटीमा बाढीले बगाएको परिवारको साहसी उद्दार गर्ने चणिकलाल तामाङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खुमलटारमा आमन्त्रण गरी सम्मान गर्नुभएको छ।
प्रचण्डले नागरिकको ज्यान जोगाएर साहसिक कार्य प्रदर्शन गरेको भन्दै चणिकलाललाई उच्च प्रशंसा र धन्यवाद व्यक्त गर्नुभएको हो। चणिकलाल तामाङ तत्कालीन जनयुद्धका सहिद सुकुराम तामाङका सहोदर भाई हुन्। तर, उनी सहिदका भाई भएको तथ्य माओवादी केन्द्रका नेताकार्यकर्ताले उद्दारपछि मात्र थाहा पाएका थिए। यस घटनाले चणिकलालको साहस र जनताको सुरक्षाप्रति उनको योगदानलाई थप महत्त्वपूर्ण बनाएको छ।