खेलकुद

त्रिविमा दलीय भागबण्डा: अखिल समाजवादीको खेद प्रकट

Dec. 16, 2024, 6:10 a.m.

90

त्रिविमा दलीय भागबण्डा: अखिल समाजवादीको खेद प्रकट

त्रिभुवन विश्वविद्यालयमा हालै गरिएको आठ डिन र निर्देशकहरूको नियुक्तिमा भएको दलीय भागबण्डाप्रति अखिल समाजवादीले घोर निन्दा र खेद व्यक्त गरेको छ। संगठनका अध्यक्ष नरेन्द्र सीले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस, एमाले, र माओवादी केन्द्रजस्ता दलाल संसदीय पार्टीहरूले त्रिविमा दलीय भागबण्डा गरी मेरिटोक्रेसीलाई उपेक्षा गरेको भन्दै तीव्र असन्तोष जनाइएको छ।

विज्ञप्तिमा त्रिवि जस्तो शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने माग गर्दै, दलीय आधारमा गरिएको नियुक्ति विश्वविद्यालयको विकासमा गम्भीर नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। विशेषगरी, मेरिटका आधारमा योग्य उम्मेदवारलाई पन्छाएर पार्टी कार्यकर्तालाई प्राथमिकता दिनु घृणित, पश्चगामी, र लज्जास्पद भएको बताइएको छ।

संगठनले त्रिवि कार्यकारी परिषद र सरकारले गरेको यो निर्णय तत्काल खारेज गर्न माग गर्दै, योग्य उम्मेदवारलाई मेरिटका आधारमा नियुक्ति दिन जोडदार आग्रह गरेको छ। साथै, शिक्षाविद्, पत्रकार, र आम जनतालाई यो गलत कदमको भण्डाफोर गर्न आह्वान गरिएको छ।

अखिल समाजवादीले यो निर्णय खारेज नभए कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ।  


विज्ञप्ति

अन्य समाचार