बजार
Oct. 15, 2024, 10:23 a.m.
131
कोहलपुर, असोज २९ – नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (POLICE BATON), २०८१ मा इलाका प्रहरी कार्यालयहरु मध्ये इलाका प्रहरी कार्यालय कोहलपुरले सर्वोत्कृष्ट स्थान हासिल गरेको छ। यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) धर्मराज भण्डारीलाई "सर्वोत्कृष्ट कार्यालय प्रमुख" को उपाधि नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रदान गरिएको छ। प्रनाउ भण्डारीले आफ्नो कुशल नेतृत्वद्वारा कार्यालयको कार्यसम्पादनमा विशेष योगदान पुर्याएका छन्।
प्रहरी सेवामा उनको दृढता, कार्यक्षमता र जनसमुदायप्रतिको सेवाभावले गर्दा कोहलपुर प्रहरी कार्यालयलाई सम्पूर्ण जिल्लामा उदाहरणीय बनाएको छ। भण्डारीले नेतृत्व सम्हालेपछि कार्यालयको अपराध नियन्त्रण, कानूनी व्यवस्था कायम राख्ने र जनसुरक्षा प्रवर्द्धनका लागि थप प्रभावकारी कदमहरु चालिएका छन्। उनको नेतृत्वमा स्थानीय समुदायसँगको समन्वय, जनतामा प्रहरीप्रतिको विश्वास निर्माण र कानूनी सेवा सहज उपलब्ध गराउने काममा उत्कृष्टता हासिल गरिएको छ। प्रहरी संगठनको यो सम्मानले कोहलपुर प्रहरी कार्यालयको योगदानलाई थप उच्च स्थान दिलाएको छ।
प्रनाउ धर्मराज भण्डारीलाई यो उपाधि प्रदान गरिएकोमा कोहलपुरवासी र प्रहरी संगठनले बधाई तथा शुभकामना दिएका छन्।