बजार
Dec. 6, 2024, 9:33 a.m.
435
बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नम्बर २, राझा निवासी प्रियंका बिसी ( नाम परिवर्तित ) माथि भएको बलात्कार घटनाप्रति विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल समाजवादी केन्द्रिय छात्रा बिभाग ले गहिरो आक्रोश व्यक्त गर्दै घोर भत्सर्ना गरेको छ। संगठनले भरत डाङ्गी, सौगात बिक, सुदिप बिक, र प्रबिन ओलीलगायत चार जनाले गरेको यो अमानवीय कुकर्मलाई समाज र मानवताको लागि लज्जास्पद र असहनीय भनेको छ।
अखिल समाजवादीले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। साथै, पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै महिला तथा बालिका सुरक्षाका लागि प्रभावकारी नीति र कार्यक्रम लागू गर्न सरकारलाई आग्रह गरेको छ।
संगठनले यस्ता अपराध रोक्न सरकार, न्यायालय, र नागरिक समाजको सामूहिक प्रयास आवश्यक रहेको बताउँदै समाजका जिम्मेवार नागरिकहरूलाई अमानवीय घटनाविरुद्ध एकजुट हुन अपिल गरेको छ। न्याय दिलाउने प्रक्रिया पूरा नभएसम्म आफ्नो संघर्ष जारी रहने बताउँदै, अखिल समाजवादीले घटनाको गम्भीरताप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।