राजनीति
Dec. 2, 2024, 11:02 a.m.
83
सिके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ। जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवद्वारा जारी विज्ञप्तिमा पार्टीले सिफारिश गरेपछि कारबाही नगरेकोप्रति असन्तुष्टि जनाउँदै सभामुखले गैरसंवैधानिक ढंगले आफ्ना नातेदार र पूर्वपार्टीका सदस्यलाई जोगाएको आरोप लगाइएको छ।
विज्ञप्तिमा जनमत पार्टीले सम्पूर्ण प्रक्रिया पूरा गरी कारबाहीका लागि सिफारिश गरेको भए पनि सभामुखले पक्षपातपूर्ण रवैया अपनाएको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिन आग्रह गरिएको छ। पार्टीले यसलाई संविधानविपरीतको कदम भन्दै घोर आपत्ति जनाएको छ।