समाज

अत्यधिक वर्षाका कारण त्रि.वि. को स्नातक तह परीक्षा स्थगित

Sept. 28, 2024, 1:30 p.m.

105

अत्यधिक वर्षाका कारण त्रि.वि. को स्नातक तह परीक्षा स्थगित

काठमाडौं – हालको अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेको अवस्थालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) ले तोकिएका स्नातक तहका आंशिक परीक्षाहरू स्थगित गरेको छ।

त्रि.वि. का अनुसार भोलि १३ गते हुने भनिएका B.Sc., B.A., B.Ed., र BBS दोस्रो वर्षका आंशिक परीक्षाहरू स्थगित गर्दै नयाँ मिति २१ गतेका लागि सारिएको छ। अन्य परीक्षाको तालिका भने यथावत रहने विश्वविद्यालयले जनाएको छ।

अत्यधिक वर्षाले मुलुकका विभिन्न भागमा अवरोध सिर्जना गरेको छ, जसका कारण विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ। त्रि.वि. ले यस्तो स्थितिमा विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै निर्णय गरेको हो। विद्यार्थीहरूलाई नयाँ तालिकाअनुसार तयारी गर्न सुझाव दिइएको छ।

अन्य समाचार