समाज

कमरेड विप्लवद्वारा बाढीपहिरो उद्धारमा खटिन निर्देशन

Sept. 28, 2024, 12:59 p.m.

193

कमरेड विप्लवद्वारा बाढीपहिरो उद्धारमा खटिन निर्देशन

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द 'विप्लव' ले आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई देशभर भइरहेको बाढी र पहिरो प्रभावित क्षेत्रहरूको उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिनु भएको छ।

विप्लवले प्राकृतिक विपत्तिको यो संकटमा पार्टीको भूमिकालाई जनताको पक्षमा उभ्याउन आह्वान गर्दै, विपन्न तथा प्रभावित समुदायलाई तत्काल सहयोग पुर्याउन विशेष जोड दिनुभएको छ। पार्टीका महासचिवले आफ्नो वक्तव्यमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै यसप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। साथै, विपद्को यो घडीमा सबै कार्यकर्तालाई जनताको दुःखमा साथ दिनका लागि उद्धार, राहत वितरण, र पुर्नस्थापना कार्यमा तल्लीन हुन निर्देशन दिनुभएको हो।

अन्य समाचार