खेलकुद

बैजनाथ-०५ मा "लागू औषध न्यूनिकरणका लागि खेलकुद" फुटबल प्रतियोगिता हुने

March 2, 2025, 3:11 p.m.

547

बैजनाथ-०५ मा "लागू औषध न्यूनिकरणका लागि खेलकुद" फुटबल प्रतियोगिता हुने

बैजनाथ गाउँपालिका-०५, जी गाउँमा लागू औषध न्यूनिकरण तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले "लागू औषध न्यूनिकरणका लागि खेलकुद" फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। अरनिको युवा क्लबको आयोजनामा फागुन २७ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा विभिन्न स्थानका टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।
May be an image of 10 people and motorcycle
आयोजक क्लबका अनुसार खेलकुदले युवाहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्ने भएकाले फुटबल प्रतियोगितामार्फत लागू औषध दुरुपयोगको विरुद्ध जागरुकता फैलाउने उद्देश्य राखिएको छ। खेलकुदले युवाहरूलाई अनुशासन र टीम वर्क सिकाउने मात्र नभई, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्ने विश्वास आयोजकको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूलाई समयमै सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ। "खेलकुद मार्फत स्वस्थ समाजको निर्माण" भन्ने नाराका साथ आयोजना गरिएको यो कार्यक्रम स्थानीय स्तरमा खेलकुदको विकासमा पनि टेवा पुग्ने आयोजकहरू बताउँछन्।

अन्य समाचार