राजनीति

अखिल (समाजवादी) बबई बहुमुखी क्याम्पस इकाईद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

Feb. 11, 2025, 11:07 a.m.

327

अखिल (समाजवादी) बबई बहुमुखी क्याम्पस इकाईद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

बर्दिया – अखिल (समाजवादी) बबई बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा क्याम्पस परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत १०० वटा धुपी, ३० वटा फूल तथा गमला रोपिएको हो। 

वृक्षरोपण कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख बिरेन्द्र राज लम्साल र अखिल (समाजवादी) केन्द्रिय सचिवालय सदस्य तथा बाके–बर्दिया इन्चार्ज हरि सीले संयुक्त रूपमा गर्नुभयो। उक्त कार्यक्रममा स्ववियु सभापति लक्ष्मण भण्डारी, संगठन केन्द्रिय सदस्य कोपिला सी, क. संगिता सी, क्याम्पस संयोजक पारस बनिया, क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज हरि सीले अबको विद्यार्थी आन्दोलन केवल राजनीतिक परिवर्तनमा मात्र सीमित नरही वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि शैक्षिक तथा प्राज्ञिक आन्दोलन, राष्ट्रियता, जनजीविका, र सामाजिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले नेपालको शिक्षा नीतिलाई खोज, अनुसन्धान, तथा उत्पादनसँग जोडेर देशमै रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्नेमा जोड दिनुभयो।

क्याम्पस प्रमुख बिरेन्द्र राज लम्सालले रोपिएको बिरुवाको संरक्षण क्याम्पसले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, हालको शिक्षा नीतिले विद्यार्थीहरूलाई पढाइबाहेक अतिरिक्त क्रियाकलापमा जोड दिन नसकेको भन्दै अखिल (समाजवादी) ले गरेको यो अभियान सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो। कार्यक्रमका क्रममा जिल्ला इन्चार्ज हरि सीले क्याम्पस प्रमुखलाई फूलसहित गमला हस्तान्तरण गर्नुभएको थियो।

 

अन्य समाचार