समाज
Nov. 26, 2024, 1:18 p.m.
136
लुम्बिनी प्रदेशका पूर्व मन्त्रीसमेत भइसकेका एमाले बाँकेका प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीले निलम्बन गरेको छ। उनले पार्टीविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा उनलाई कारबाही गरिएको हो।
सुरुमा स्पष्टिकरण माग गरिएको भए पनि उनले जवाफमा गल्ती स्वीकार नगरेपछि निलम्बन गरिएको एमाले बाँकेले जनाएको छ। दुर्गा चौधरी पूर्व गृहमन्त्री रामबहादुर थापा "बादल"सँगै माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका थिए।