बजार

घटस्थापनाको अवसरमा 'बैजनाथ स्केटिङ्ग एण्ड खेल संसार'को शुभारम्भ

Oct. 3, 2024, 2:56 p.m.

136

घटस्थापनाको अवसरमा 'बैजनाथ स्केटिङ्ग एण्ड खेल संसार'को शुभारम्भ

आज घटस्थापना पर्वको अवसरमा जि गाउँमा 'बैजनाथ स्केटिङ्ग एण्ड खेल संसार'को औपचारिक रुपमा उद्घाटन गरिएको छ। जि गाउँ चोकदेखि पश्चिम पट्टिमा अवस्थित यो केन्द्रले स्थानीय बालबालिकादेखि युवाहरूसम्मलाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखेको छ।


उद्घाटन कार्यक्रममा विभिन्न स्थानका स्थानीय प्रतिनिधि, खेलप्रेमी, र बालबालिका उपस्थित थिए। यो केन्द्रले स्केटिङ्गका साथै अन्य खेलकुद गतिविधिहरू सञ्चालन गर्ने योजना राखेको छ, जसले गाउंका खेलकुदको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ। उद्घाटनको क्रममा बोल्दै आयोजकहरूले भने, "हामीले यो केन्द्रमार्फत स्थानिय खेलाडीहरूको प्रतिभा उजागर गर्ने लक्ष्य लिएका छौं। खेलकुद क्षेत्रमा मात्र नभई, यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्नेछ।"

सञ्चालक समितिले आगामी दिनमा थप खेल गतिविधिहरू र प्रतियोगिता आयोजना गर्ने योजना समेत प्रस्तुत गरेको छ। 'बैजनाथ स्केटिङ्ग एण्ड खेल संसार'को सुरुवातले स्थानीय युवाहरूमा उत्साहको लहर ल्याएको छ।

अन्य समाचार