समाज

खजुरामा २ वर्षीया बालिकाको ज्यान लिने चितुवा १९ दिनपछि नियन्त्रणमा

Oct. 4, 2024, 4:50 a.m.

197

खजुरामा २ वर्षीया बालिकाको ज्यान लिने चितुवा १९ दिनपछि नियन्त्रणमा

बाँके जिल्लाको खजुरा गाउँपालिका-६, सिमलघारीमा २ वर्षीया लक्ष्मी पुनलाई आक्रमण गरेर हत्या गर्ने चितुवा अन्ततः १९ दिनपछि नियन्त्रणमा लिइएको छ। यस चितुवाले गाउँमा त्रास फैलाएको थियो र स्थानीय जनतामा ठूलो डर सिर्जना गरेको थियो।

चितुवालाई नियन्त्रणमा लिन बाँके र बर्दियाका बन डिभिजन कार्यालय, राष्ट्रिय निकुञ्ज कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि, इलाका प्रहरी, गिजरा सामुदायिक वन समिति तथा सम्पूर्ण स्थानीय जनसमुदायको ठूलो भूमिका रहेको थियो।

 

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक "तुफान" ले चितुवालाई नियन्त्रणमा लिन अहोरात्र खटिने सबै निकाय र सहयोगीहरुलाई धन्यवाद दिएका छन्। उनले यस्ता घटनाबाट आगामी दिनमा जनता सुरक्षित रहनको लागि थप सावधानी र निगरानी आवश्यक रहेको पनि बताए। चितुवा पक्राउसँगै स्थानीयले राहत महसुस गरेका छन् र अब पुनः गाउँमा शान्ति फर्किएको छ।

अन्य समाचार