बजार
Nov. 12, 2024, 8:08 a.m.
144
बैजनाथ : केही महिना अघि बर्दियाको बासगढी नगरपालिका अन्तर्गत बठुवा गाउँमा बाघको आक्रमणबाट बैजनाथ गाउँपालिका-८ निवासी मनिषा रोकायको ज्यान गएको हृदयविदारक घटना घटेको थियो। यो घटनाले परिवार र सम्पूर्ण समुदायलाई गहिरो शोकमा पारेको थियो ।
मनिषाको दुःखद निधनपछि उनको परिवारलाई सहयोगस्वरूप बैजनाथ गाउँपालिकाले राहतको पहल गरेको छ। गाउँपालिकाले मनिषाका छोराको उच्च शिक्षा अध्ययनका लागि रु.३०,००० (अक्षरुपी तीस हजार) को चेक हस्तान्तरण गरेको छ।
बैजनाथ गाउँपालिका प्रमुखको फेसबुक बाट
यो आर्थिक सहयोगले छोराको भविष्यलाई सहयोग पुर्याउने र परिवारको आर्थिक बोझ केही कम गर्ने उद्देश्य लिएको गाउँपालिकाले जनाएको छ। चेक हस्तान्तरणको क्रममा गाउँपालिका प्रमुख उप -प्रमुख ले वन्यजन्तु आक्रमणबाट हुने जोखिमलाई व्यवस्थापन गर्न बैजनाथ गाउँपालिका ले बन कार्यलय , राष्ट्रिय निकुञ्ज संग सहकार्य गरिरहेको कुरा जानकारी दिनु भएको छ ।